गाउँ फर्क अभियान सुरु गर्नुपर्छ: विन्दुकुमार थापा
पाेखरा | कात्तिक २०, २०७९
पोखरा । नेपाली कांग्रेस क्षेत्र २ (२) का प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले अब गाउँ फर्क अभियान संचालन गर्न आवश्यक रहेको बताएका छन् । गठबन्धनबाट उम्मेदवार बनेको थापाले पोखरा २० लामडाँडामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्र्दै युवालाई विदेश तथा सदरमुकाम तर्फ जान रोक्दै गएकालाई समेत गाउँमै फर्काउनका लागि गाउँ फर्क अभियान संचालनमा जोड दिनुपर्ने बताएका हुन् ।
भलाम कृषि पकेट क्षेत्रका साथै पर्यटकीय क्षेत्रको रुपमा समेत सम्भावना बोकेको क्षेत्र भएकाले अब स्थानीय स्तरमै व्यसाय गर्ने गरी गाउँमा ल्याउने योजना अघि बढाउनुपर्नेमा जोड दिए । ‘भलाम कृषि, पर्यटनमा सम्भावना बोकेको क्षेत्र हो । यहाँ होमस्टेको पनि सम्भावना छ । यहाँको खेतबारी बाझो भएका छन् घरहरु खाली भए । युवालाई स्वदेशमै राख्नका लागि योजनाहरु ल्याउन आवश्यक छ’ उनले ने,‘विकासको पहिलो पूर्वाधार सडक भएकाले स्तरीय सडक बनाउनुपर्छ जसले शिक्षा,स्वास्थ्य, रोजगार, व्यवसायको व्यवस्थापन हुन्छ । सदरमुकाम केन्द्रि भएको अवस्थामा गाउँफर्क अभियान सुरु गर्नुभर्ने आवश्यकता अहिले छ ।’पाँच वर्षको बीचमा प्रदेशको संरचना बनाउने, आवश्यक पर्ने ऐन तथा निर्देशनलाय बनाउने काम गरेको र अबको पाँच वर्ष विकासको युग भएको सुनाए ।
उनले गौरवको सडक आफुले वडा २० मा मणिपाल अस्पताल हुँदै अर्मलाकोटसम्म पुग्ने १७ किलोमिटर सडक २७ करोड २७ लाख ठेक्कामा परी अहिले पिच बन्ने काम भइराखेको सुनाए । सडक निमार्ण डिपिआर तयार गर्न निकै बाधा आएको उनको भनाइ छ । ‘काँहुखोला,आर्वा, लामडाँडा मौजाहुँदै आँटिघरसम्म जोड्ने १६ किमि सडक डिपिआर गर्ने क्रममा र त्यसलाई बजेट राख्ने क्रममा धेरै ठाउँमा संघर्ष र लडाइ गर्न प¥यो । डिपिआर गर्नपनि नमानेर यो सडकलाई धेरै अवरोध खडा गरियो’ उनले भने,‘मुख्यमन्त्री सहितको टिम आउनुभयो र मुख्यमन्त्रीकै ठाडो आदेशमा पूर्वाधार मन्त्रालयबाट प्राविधिकहरु आएर डिपिआर भएर ३३ करोड रकम छुट्टियो ।’ विजयपुर खोलामा पक्कि पुलको आवश्यक परेको र उक्त पुल बनेमा लामाखेत क्षेत्रकै लाइफललाइनको रुपमा रहनेमा आफु आशावादी समेत रहेको उनको भनाइ छ ।
काठमाडौं: शिक्षामन्त्री महवीर पुनले राजीनामा दिएका छन् । सोमबार उनले आफ्नो पदबाट राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए । प्रधानमन्त्रीको सचिवालयले पनि शिक्षामन्त्रीले राजीनामा दि...
पोखरा: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी तय गरेका कास्कीमा क्रियाशील राजनीतिक दलहरू आज हुने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताका लागि तयारी गरेका छन् । तीनवटा निर्वा...
काठमाडौं: नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि उनको क्षेत्रबाट नेपाली कांग्रेसले नयाँ उम्मेदवार उठाउने भएको छ। पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले सात पटक चुनाव लडेको डडेल...

